नक्सलबारी: आज स्वामी विवेकानन्दको १६१औं जन्म जयन्ती नक्सलबारी रामकृष्ण मिसनको तर्फबाट पालन गरियो। आज बिहान नक्सलबारीको कदमामोडबाट नक्सलबारीको कोटियाजोतसम्म लगभग १२ किलोमिटरको म्याराथान दौडको आयोजना गरियो। यो म्याराथानमा जिल्लाको विभिन्न ठाउँका लगभग ९०० जना धावकहरूले अंश ग्रहण गरेका थिए। यसपछि रङ्गारङ्ग शोभायात्राको पनि आयोजना गरियो । यस शोभायात्रामा दार्जिलिङका जिल्ला शासक एस पन्नमबलम, सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष, नक्सलबारीका पञ्चायत सदस्य लगायत रामकृष्ण मिसनका सदस्यहरू उपस्थित थिए। यो शोभायात्रामा ससाना नानीहरू, स्कुलका विद्यार्थीहरू लगायत अभिभावकहरू पनि सामेल थिए। स्वामीजीको जन्म जयन्तीको अवसरमा रामकृष्ण मिसनको तर्फबाट आज दिनभरि विविध कार्यक्रमको आयोजना गरिनेछ।









