मुख्यमन्त्रीकाे सुरक्षा कवज याेजना अन्तर्गत तृणमूल कार्यकर्ताहरू जनताकाे घर घर पुग्ने

मिरिक: तृणमूल कंग्रेसले बिहीबार मिरिकमा एउटा प्रेसभेलाकाे आयाेजना गरेर पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले शुरू गरेकाे सुरक्षा कवज याेजनाबारे विस्तृत जानकारी गराएकाे छ। हिल्स तृणमू कंग्रेस चेयरम्यान एलबी राई, खरसाङ खण्ड अध्यक्ष सम्रित छेत्री, मिरिक खण्ड अध्यक्ष अनिल छेत्री, युवा मिरिक महकुमा अध्यक्ष साेबन घिसिङ, युवा टाउन संयाेजक विकास सुब्बा आदिकाे उपस्थितिमा भएकाे प्रेसभेलामा बाेल्दै हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राई अनि खरसाङ खण्ड अध्यक्ष सम्रित छेत्रीले पश्चिम बंगाल राज्यमा तृणमूल कंग्रेसले २०११ सालमा सरकार गठन गरेपछि जनताकाे हितमा धेरै याेजनाहरू शुरू गरेकाे जसकाे लाभ आम नागरिकहरूले उठाई रहेकाे बताए। तिनीहरुले बताएअनुसार दैलाेमा सरकार याेजनाकाे अपार सफलतापछि जनताकाेलागि आजै नजीग रहेर काम गर्ने उदेश्यले गत २ जनवरीदेखि मुख्यमन्त्री ममता बयानर्जी अनि तृणमूल कंग्रेस राष्ट्रिय सचिव अभिषेक ब्यनार्जीले नजरुल मंच बाट दिदीको सुरक्षा कवच अभियान लागु भएकाे घाेषणा गरेकाे अनि यो अभियानले पश्चिम बंगालको सबै घर परिवारलाई १५ वटा सरकारी योजना बाट जीवन भर सुरक्षा दिनेछ बताए। यो १५ सरकारी योजना ६ वटा क्षेत्रमा लागु हुनेछ भन्दै यी १५ सरकारी योजनाहरू खाध्य साथी, आवास योजना, आफ्नो घर आफ्नो भुमि, स्वस्था साथी कन्याश्री, स्टुडेन्ट क्रेडिट कार्ड, लक्ष्मी भण्डार, कृषक बन्धु सामाजिक सुरक्षा योजना, मानविक पेन्सन, जय बंगला पेन्सन, बिधवा भत्ता, युवाश्री रहेकाे बताए। द्वयले कुनै पनि राजनीतिक दलले यस देशमा यस्तो ठुलो योजना नागरिकको जनजीवनको हितमा चलाएको छैन यो योजनाहरुको मूल उदेश्य पश्चिम बंगालको प्रत्येक घर परिवार लाई सुरक्षा दिनु हो। यस योजनामा कुनै धर्म जाति उमेर आदिमा भेद भाव हुने छैन। राज्यकाे प्रत्येक नागरिकले याे सुविधा पाउनेछ भने।द्वयले याेजना अनुसार एउटा बलियो प्रणाली तयार गरिनेछ जसको कारण बंगालको प्रत्येक घर परिवारले यी योजनाहरुको लाभ उठाउने छन् भन्दै यो अभियान ६० दिनसम्म चल्नेछ। जसमा ३३४३ ग्राम पन्चायात अनि १२५ नगरपालिकाको क्षेत्र सामिल हुनेछ भने। द्वयले प्राय ३२० तृणमूल नेताहरु, विधायक, सांसद, जिल्लाको अध्यक्ष जिल्ला, परिषदको अधिकारिकारी पदका एक दिन सर्वेक्षण गर्ने छन् भने। द्वयले साठी दिनकाे याे अभियान हामी तीस दिनमा समाप्त गर्ने लक्ष्यमा छाै भन्दै याे याेजनाबारे आम जनतालाई प्रशिक्षण साथै जानकारी गराँउन समीर तामाङ र नवीन लिम्बूलाई संयाेजक बनाइएकाे बताए।

द्वयले हाम्रो पार्टीको कार्यकर्ता, मुख्यमन्त्रीका प्रतिनिधिहरु प्रत्येक घरमा जानेछन अनि उनीहरूकाे समस्या प्रतिक्रियाहरु मोबाइल एप मार्फत नोट गरिनेछ भने। द्वयले याे याेजनाबारे जानकारी गराँउन प्रतिनिधिद्वारा मुख्यमन्त्रीकाे पत्र क्यालेन्डर, स्टीकर वितरण गरिनेछ। हाम्रो पार्टीको सबै कार्यकर्ता हरुलाई जन साधारण संग राम्रो व्यवहार गरेर सहायता गर्ने आग्रह गरेका छौ जसले गर्दा यो सबै योजनाहरु प्रत्येक नागरिक समक्ष सजिलै पुग्न सकोस भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement