१५ मार्चदेखि दक्षिण भारत जानेछ स्वदेश दर्शन पर्यटक विशेष रेल

सिलगढी: आईआरसीटीसीले दक्षिण भारत भ्रमण गर्ने पर्यटकहरूका लागि विशेष रेल सेवा शुरु गर्न लागेको छ। रेलको नाम स्वदेश दर्शन स्पेशल टुरिष्ट रेल हो। आईआरसीटीसीका अधिकारीहरूले बिहीबार दिउँसो १२:३० बजे सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलनमा यो कुरा बताए। यो रेल १५ मार्चमा कटिहार स्टेशनबाट शुरु हुनेछ। त्यहाँबाट रेल मुंगेर-भागलपुर-दुम्का-कोलकाताका यात्रुहरू लिएर दक्षिण भारतको लागि प्रस्थान गर्नेछ। यो रेल तिरुपति, रामेश्वरम, कन्याकुमारी, मदुरै, मालिकार्जुन आदिका लागि चल्नेछ। यस यात्राको लागि तीन प्याकेजहरू छन्। रेल स्लीपर क्लासको टिकट प्याकेजको लागि प्रति व्यक्ति रु. २०,९०० एसी तेस्रो श्रेणीको टिकट प्याकेजको लागि प्रति व्यक्ति रु. ३४,५०० एसी दोस्रो श्रेणीको प्याकेज प्रति व्यक्ति ४३ हजार रुपियाँ लाग्नेछ। आवास, खाना, यात्रा सबै प्याकेजमा समावेश छन्। यस सम्बन्धमा थप जानकारी आईआरटीसीटीको आधिकारिक वेबसाइटमा गएर प्राप्त गर्न सकिने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement