दार्जीलिङ: दार्जीलिङ लेबोङ बदमताम स्थित सिरुबारी गाउँ निवासी दिपेन प्रधानको भान्साघर भित्र आगलागी हुँदा सम्पुर्ण घर नै जलेर खरानी भएको छ। घटना करिब रात्री १२:३० वा १२.४५ भित्र भएको हो भन्ने प्रधान साथै स्थानीय मानिसहरूको भनाइ रहेकोे छ। आगलागी कसरी भयो भन्ने विषय जानकारी लिदा किचनमा राखिएको घरेलु ग्यासद्वारा लागेको हुनसक्ने पीडित दिपेन प्रधान बताउछन्। घरमा आफू एक्लै परिवारका सदस्यीय छोरा, बुहारी कमाउन भनी स्वदेशी तिर कार्यरत रहेको र श्रीमती उनको काम लिएर दार्जीलिङ शहर गएको जानकारी गराउछन्।

रात्रीको खाना खाइसकेपछि सुत्न भनी आफ्नो कोठामा विश्राम गरिरहेको एक डेड घन्टापछि बहिरा केहि जलेको गन्ध वा आवाज थाहा लागेर कोठाबाट बाहिर निस्केर हेर्दा भान्साघर जलिसकेको र आफू सुतेको कोठा पनि जल्दै गरेको देख्दा प्रधान स्वयम नर्बस भएको र आगो निभाउने साथै गुहार माग्ने लाग्दा लाग्दै पनि आफुले दुख:सुखले बनाएको घर बचाउन नसक्दा लाचार भएर रोएको पिडा सुनाउछन्।

यी आगलागीको खबर गाउँ भरी फैलिएपछि बगानका प्रबन्धक, पुलिस अनि दम्कल बिभागका अधिकारहरूको पनि उपस्थिति रहेको प्रधान बताउँछन् भने उनीहरूको पक्षबाट पनि सक्दो सहयोग दिने बचन पाएको छु बताउँछन्। अन्तमा आफ्नो दु:खद घटनामा सहयोग साथै सहानुभूति दिने सबै-सबै मानिसहरूमा धन्यवाद चढाउदै बिभाग अनि प्रशासनलाई हजारौंको सम्पत्ति, कागजपत्र अनि आफूसंँग केवल लगाएको लुगा बाहेक अरु केहि साथमा नरहेको दुख सुनाउदै सकेसम्म चाडो सहयोग गरिदिने आग्रह निवेदन पीडित दिपेन प्रधानले गरेका छन्।









