बिधायक निरज जिम्बाको बिधायक कोषबाट बिकास कार्य तीब्र रुपमा जारी

दार्जीलिङ: दार्जीलिङ बिधानसभा क्षेत्रमा बिधायक निरज जिम्बाको बिधायक कोषबाट तीब्र रुपमा बिकासका कार्यहरु भइरहेको बिधायक जिम्बा मार्फत जानकारी प्राप्त भएकाे छ।
यसैक्रममा बिधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत स्थानीय क्षेत्र बिकास योजना कोषबाट बर्ष २०२१-२२ पुलबजार बिजनबारी खण्ड बिकास अधिकारी क्षेत्राधिकार अन्तर्गत नयाँ बस्ती ग्राम समाज दबाई पानी क्षेत्रको निम्ति पानीको पाइप बिछ्याउने परियोजनाको साथमा पानीको स्रोतमा ट्याङ्की निर्माण कार्य सम्पन्न भएकाे छ। रुपियाँ दुई लाखको अनुमानित राशिमा निर्माण गरिएको यस योजनाले उक्त क्षेत्रका पचास घर परिवारहरुलाई चौबीस घण्टा खानेपानी उपलब्ध गराइनेछ भनि जिम्बाले थप जानकारी दिएका छन्। यसैक्रममा निवारक समाज, पुलबजार बिजनबारीको रेखदेखमा पुलबजार बिजनबारी खण्ड बिकास अधिकारीको क्षेत्राधिकार अन्तर्गत बिधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत स्थानीय बिकास योजना कोषबाट बर्ष २०२१-२२ अन्तर्गत कनकाईबोङमा अन्त्येष्टि गृहको निर्माण कार्य अन्तिम चरणमा रहेकाे छ। रुपियाँ तीन लाखको अनुमानित राशिमा निर्माण गरिएको शवदाह गृहको निर्माणको निम्ति उक्त क्षेत्रका जनताले लामो समय देखि को मांग रहेको थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement