दशौं खरसाङ शहीद गोल्ड कप १७ जनवरीदेखि

खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा खरसाङ शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको दशौं सत्र आउँदो १७ जनवरीदेखि शुरु हुनेछ। टुर्नामेण्टको आयोजक केजीएचएसए-ले आज टुर्नामेण्टको आधिकारिक कार्यक्रम जारी गऱ्यो। यस अवसरमा संघका अध्यक्ष मोहन योञ्जन, सचिव निर्मल गुरुङ र टुर्नामेण्ट कन्भेनर विजय राई उपस्थित थिए। खेलकुद एवम् युवा मामिला विभाग (जीटीए)-को सहयोगमा हुने यस प्रतिष्ठित टुर्नामेण्टमा १२ वटा नामी-दामी टीमहरूलाई स्थान दिइएको छ। उद्घाटन म्याचमा युनाइटेड दिलाराम एफसी र युनाइटेड सिक्किम फूटबल क्लबबीच भिड़न्त हुनेछ।

खरसाङ नजिक चाँदमारी खेल मैदानमा हुने यस टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल ३० जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। म्याचहरू दिउँसो २ बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement