कोही बन्न चाहँदैनन् पाकिस्तान क्रिकेट टीमका मुख्य प्रशिक्षक

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-को राष्ट्रिय क्रिकेट टीमको निम्ति मुख्य प्रशिक्षक खोज्ने काम अहिलेसम्म समाप्त भएको छैन कारण मिकी अर्थरले पनि प्रस्तावलाई खारेज गरेका छन्। पीसीबी-ले केही दिन अघि दक्षिण अफ्रिकाका मिकी अर्थरसँग कुराकानी चलिरहेको जानकारी दिएको थियो तर उनले डर्बीशरसँग दीर्घकालीन अनुबन्धले गर्दा पद स्वीकार गर्न नसक्ने स्पष्ट गरेका छन्। पीसीबी-द्वारा जारी बयानमा भनिएको छ, अर्थरको डर्बीशरसँग दीर्घकालीन अनुबन्ध रहेको छ। हामीले उनलाई सल्लाहकारको रूपमा काम गर्नु भनेका थियौं तर विभिन्न कारणहरूले गर्दा त्यो सम्भव हुन सकेन। यसबीच बोर्डमा एकजना उच्च पदस्थ सूत्रले बताएअनुसार, पाकिस्तान क्रिकेटको माहोलमाथि भरोसा नभएको हुनाले नै अर्थरले पद स्वीकार गरेनन्। सूत्रले भने, वास्तवमा पीसीबी अध्यक्ष नजम सेठीले उनीसँग बात गरेका थिए तर अतीतमा पीसीबी-सँग काम गरेको तीतो अनुभवले गर्दा अर्थरले प्रस्तावलाई सरासरी खारेज गरे।
विश्व कप २०१९-को अवधि पीसीबी प्रबन्धनले अर्थरलाई उनको अनुबन्ध बढ़ाउने वाचा गरेको थियो तर पाकिस्तान सेमिफाइनलमा पुगे पनि त्यस्तो केही भएन। अर्थरले सेठीलाई यही सब कुरा सुनाए। पाकिस्तान क्रिकेटको माहौललाई बिचारेर अर्थरलाई उनको अनुबन्ध स्थायी रहनेछ या छैन भन्ने पनि सन्देह थियो। उल्लेखनीय छ, अर्थरले यसअघि पनि पाकिस्तान क्रिकेट टीमका प्रशिक्षकको रूपमा काम गरेका थिए। उनको मार्गदर्शनमा टीमले असल प्रदर्शन गरे पनि अर्थरको कार्यकाल बढ़ाइएको थिएन। यसपाली अर्थरले पीसीबी-को प्रस्तावलाई खारेज गरी उचित जवाफ दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement