तिब्बतको टंगगुला रेलवे स्टेशन संसारको सबैभन्दा अग्लो रेलवे स्टेशन हो। यसलाई डङ्गला रेलवे स्टेशन पनि भनिन्छ। यो स्टेसन चिङ्घाई-तिब्बत रेलमार्गमा छ, जुन तिब्बतलाई चीनको बाँकी भागसँग जोड्ने पहिलो रेलमार्ग हो, किनभने तिब्बत धेरै उचाइमा भएकोले यहाँ कुनै रेलमार्ग निर्माण गर्न सकिँदैन।

यस रेलवे स्टेशनमा कर्मचारी छैनन्। यसले स्वचालित रूपमा काम गर्दछ। यो १ जुलाई २००६ मा खोलिएको थियो। यो समुद्र सतहबाट ५०६८ मिटर अर्थात् १६६२७ फिट उचाइमा छ। तर, योभन्दा अग्लो रेलवे स्टेशन भारतको कश्मीरको चेनाब नदीमा निर्माण भइरहेको छ। यसको निर्माण हुनु अघि बोलिभियाको कन्डोर रेलवे स्टेशन संसारको सबैभन्दा अग्लो रेलवे स्टेशन थियो। जुन समुन्द्र सतहबाट ४७८६ मिटर अर्थात १५,७०५ फिट उचाईमा थियो।

यो स्टेशन आम्दो काउन्टी र कुइन्घाइ प्रान्तमा छ। यस रेलवे स्टेशनमा ३ ट्र्याकहरू छन्, एउटा प्लेटफर्मको रूपमा काम गर्दछ। ट्रेन शन्टिङ गर्न वा बीचको ट्र्याकमा आउनसक्छ। तेस्रो ट्र्याक सानो प्लेटफर्ममा छ। टंगगुला रेलवे स्टेशनको लम्बाइ १.२५ किमी छ। सन् २०१० भन्दा पहिले यो रेलवे स्टेशनमा कुनै यात्रु ट्रेन आउँदैनथे, किनकि यहाँ कोही बस्दैनन्, तर अहिले यहाँ यात्रु रेल आउन थालेको छ।

यस रेलमार्गको कुल लम्बाइ १९५६ किलोमिटर छ। शिनिङदेखि गोलमुडसम्म ८१५ किलोमिटर लामो रेलमार्ग निर्माण सन् १९८४ मा सम्पन्न भएको थियो। ल्हासासम्मको बाँकी ११४२ किलोमिटर लामो खण्डको निर्माण सन् २००६ मा सम्पन्न भएको थियो। यो रेलवे ५०७२ मिटरको उचाइमा रहेको टंगगुला पासबाट पनि जान्छ। यो संसारको सबैभन्दा अग्लो रेलवे लाइन पनि हो।

यति मात्र होइन, यस रेलवेमा १३३८ मिटर लामो फेन्गुओशन सुरुङ पनि छ, जसबाट यो रेलवे गुजर्छ, यो ४९०५ मिटरको उचाइमा अवस्थित छ। यो संसारको सबैभन्दा अग्लो रेल सुरुङ पनि हो। गोलमुडदेखि ल्हासा खण्डमा ४५ वटा स्टेशन छन्, जसमध्ये ३८ मानवरहित छन्। शिनिङस्थित कन्ट्रोल रुमबाट उनीहरुको निगरानी हुन्छ।










