नेपाली साहित्य परिषदको चुनाउ २२ जनवरीमा हुने

गान्तोक: नेपाली साहित्य परिषद्, सिक्किमको १३औँ कार्यकारी समितिको चुनाउ आगामी २२ जनवरी २०२३-को दिन सम्पन्न हुने भएको छ। गत ९ अगस्तदेखि नामाङ्कन-पत्र भर्ने कार्य आरम्भ भएको छ। यसपल्टको चुनाउमा अध्यक्षको पदमा केएन शर्मा, हरि ढुङ्गेल र चक्रपाणि भट्टराईले नामाङ्कन भरेका छन्। उपाध्यक्षको दुइवटा पदका लागि नवीन लामिछाने र भक्ति बस्नेतले नामाङ्कन बुझाइसकेका छन्। महासचिवको पदमा निलम न्यौपाने, कोषाध्यक्षको पदमा जीएस सुब्बा र लुइस विष्ट, साहित्य एवम् पुस्तकालय सचिवको पदमा भीम रावत, सचिव संस्कृतिमा गणेश ढुङ्गेल, प्रचार सचिवमा जोसेफ लेप्चा, विधि एवम् प्रशासन सचिवमा रत्न लक्सम र कार्यकारी सदस्यमा खुसेन तिम्सिनाले नामाङ्कन बुझाएका छन्। १४ जनवरी नामाङ्कनको अन्तिम मिति रहेको छ। १७ मा नामाङ्कन फिर्ता लिने मिति निर्धारण गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement