‘माघे मेला मेन्स हिल ओपन भलिबल टुर्नामेन्ट २०२३’ शुरू

नाम्ची। आजदेखि जोरथाङ खेल मैदानमा ‘माघे मेला मेन्स हिल ओपन भलिबल टुर्नामेन्ट २०२३’ शुरू भएको छ। विधायिका सुनीता गजमेरले टुर्नामेन्टको उद्घाटन गरिन्।पहिलो दिनको पहिलो म्याच कालेबुङ जिल्ला भलिबल एसोसिएशन बनाम नाम्ची भलिबल क्लबबीच खेलियो, जसमा नाम्ची भलिबल क्लबले प्रतिद्वन्दी दललाई ३:० सेटले पराजित गर्यो। यसै गरी, दोस्रो म्याच कालेबुङ जिल्ला भलिबल एसोसिएशन बनाम आईआरबीबीच भएको थियो, जसमा कालेबुङ जिल्ला भलिबल एसोसिएशनले प्रतिद्वन्दी दललाई ३:० सेटले पराजित गर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement