म्याराथन म्यान अमर सुब्बा मुम्बई प्रस्थान

गान्तोक: आगामी १५ जनवरीको दिन मुम्बईमा सम्पन्न हुने टाटा स्टील मुम्बई म्याराथनमा सहभागी बन्न राज्यका अमर सुब्बा मुम्बई प्रस्थान गरे। लगभग नौ वर्ष पछि उनले मुम्बईमा आयोजन हुन लागेको यस प्रतियोगिता सहभागी बन्नेछन्। उक्त प्रतियोगितामा देश विदेशमा प्रसिद्ध धावकहरूले सहभागिता जनाउने सुब्बाले बताएका छन्। सो प्रतियोगिता विभिन्नवर्गमा आयोजना हुने भएको छ। यस भन्दा अघि वर्ष २०१३ मा उनले सो प्रतियोगितामा अंशग्रहण गरेका थिए, जसमा ३ घण्टा १८ मिनटमा उनले ४२.२ किलोमिटरको दुरी पार गरेका थिए। यस प्रतियोगिताको निम्ति आफूले केही दिनदेखि तयारी गरेको र राम्रो स्थान ओगटन सक्ने आशा व्यक्त गरेका छन्। अन्तमा उनले यस प्रतियोगितामा सहभागी बन्नको निम्ति सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। सोही प्रकारले उनले योक्सम निर्वाचन क्षेत्रका महकुमा अधिकारी,ठेकादार लगायत अन्य सामाजिक कार्यकर्ताहरूलाई पनि धन्यवाद दिँदै आभार प्रकट रेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement