गेजिङ: राजधानीस्थित पुरानो सचिवालयमा हिजो सिक्किम पछौटेवर्ग आयोगको एउटा सभा आयोगकी अध्यक्ष पवित्र भण्डारीको अध्यक्षतामा सम्पन्न भयो।यस सभामा खस छेत्री बाहुन,नेवार,दिवान र माझी समुदायका प्रतिनिधिहरूले सहभागिताजनाए थिए।
सो सभामा विभिन्न राज्य तथा केन्द्रीय मुद्दाहरूवारे चर्चा गर्दै छुटेका १२ जातिलाई जनजातिमा अन्तर्भुक्त गराउन राज्य सरकारले आफ्नो पहल जारी राखेको जानकारी गराइन्। उनले केन्द्रीय आयोगले केही दिन अघि राज्य आयोगलाई पत्रचार गर्दै केन्द्रीय ओबीसीबाट छुटेका रहल पाँच समुदायलाई केन्द्रीय पछौटे वर्गमा सामेल गर्नुपर्ने र त्यसको निम्ति यथाशीघ्र दस्तावेजहरू केन्द्रीय आयोगमा पुर्याउनु पर्ने निर्देश आएको अवगत गराइन्। यसर्थ सबै समुदायलाई आफ्नो दस्तावेज शीघ्र तयार गर्ने आयोगकी अध्यक्ष पवित्र भण्डारीले आग्रह गरेकी छन। १२ जातिलाई जनजातिको दर्जा दिन केन्द्र सरकारले अहिले युद्धस्तरमा काम गरिरहेको छ भने राज्य सरकारले पनि आफ्नो पक्षवाट दस्तावेज तयार गरिरहेको उक्त सभामा जानकारी दिएकी छन्।सबै समुदायका प्रतिनिधिहरूले पनि यथाशीघ्र आफ्नो जातिको दस्तावेज खोज गरि आयोगलाई उपलब्ध गराउनुपर्ने बताइन्।सभामा अन्य विभिन्न विषयहरूमा पनि चर्चा परिचर्चा गरिएको थियो भने जातिय प्रतिनिधीहरूले पनि सरकार तथा आयोगलाई विभिन्न सुझाव सल्लाह राखेको थियो। यस सभामा आयोगका वरिष्ठ सरकारी अधिकारीहरूको पनि सहभागिता रहेको थियो।










