एकीकृत च्याउ इकाईको खेतीबारे तालिम

गान्तोक: पाक्योङ जिल्लाअन्तर्गत वागवानी विभागको एकीकृत च्याउ इकाइले माझीटारमा बटन च्याउ वितरण कार्यक्रम आयोजना गरेको थियो। विभागका सहनिर्देशक टाशी छोपेल. केशाङ लहमू , किशोरी शर्मा, उपनिर्देशक बेन्जामिन रुचाल र अन्य विभागका कर्मचारीहरूसहित अन्य अधिकारी हरुको उपस्थिति रहेको थियो। वितरण कार्यक्रममा २ समूह एसएचजी सदस्यहरू सहित ५१ लाभार्थीहरू विशेष रूपमा उपस्थित थिए। वितरण कार्यक्रमलाई सम्बोधन गर्दै विभागका सह निर्देशक टाशी छोपेल ले माझीटारमा च्याउ खेती गर्ने इच्छुक कृषक र युवा पीड़ीहरुको निम्ति प्रशिक्षण केन्द्र रहेको बताए। यस केन्द्रदेखि धेरै किसान र युवाहरूले तालिमको लाभ उठाई सकेकोबारे पनि चर्चा गरे। विभागले यस केन्द्रबाट हरेक वर्ष सबै जिल्लाका लागि यस प्रकारको वितरण आयोजना गर्दै आएकोबारे बताउँदै यो वर्ष मंगन जिल्लाको लागि वितरण सम्पन्न भइसकेको र आज पाक्योंग जिल्लाको लागि आयोजित गरिएको भनी जानकारी दिए। सह निर्देशक केशाङ लहमू ले पनि यस कार्यक्रमलाई सम्बोधित गरे। ४९ लाभार्थीहरूलाई १० ब्लक बटन च्याउ र दुई एसएचजी ५० ब्लक गरेर प्रदान गरिएको थियो। उपयोगकर्ताहरूको लागि प्रदर्शिनी तालिम पनि आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement