नाम्चीः नामथाङस्थित हेल्थ एण्ड वेलनेस सेण्टरमा आज महिला एवं बाल विकास विभागले दिव्याङ्गजनको पहिचान, जाँच एवं मूल्याङ्कन कार्यक्रम आयोजन गन्यो। कार्यक्रमको आयोजना महिला एवं बाल विकास विभागका मन्ती सन्जीत खरेलको मार्गदर्शन तथा सीआरसी-सिक्किम र उज्यालो प्रोजेक्टको संयुक्त तत्वावधानमा गरिएको थियो।
मन्त्री खरेलकै विशेष उपस्थितिमा सम्पन्न गरिएको कार्यक्रममा २२६ जनाले उपचारबाट फाइदा उठाउन पञ्जीकरण गरेका थिए। कार्यक्रम अवधि प्रमाणपत्र पनि वितरण गरियो भने यूडीआईडी नामाङ्कन पनि गरियो। दिव्याङ्गजनको उपचार डा. आरएन देवकोटा, डा. सुशिला तामाङ, डा. शिखा तामाङ, काव्या राई र डा. छिरिङ भोटियाले गरेका थिए। नामथाङस्थित हेल्थ एण्ड वेलनेस सेण्टरका एमओ/आईसी डा. एम. लासोपाको समर्थनमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो।










