गान्तोक: सिक्किम भ्रमणमा आएको खाद्य, उपभोक्ता मामिला तथा सार्वजनिक वितरणमाथि संसदीय स्थायी समितिले आज राज्यका मुख्य्र सचिव अनि खाद्य एवं नागरिक आपूर्ति विभागका वरिष्ठ अधिकारीहरूसँग बैठक गरे। संसदीय स्थायी समितिकी अध्यक्ष लकेट च्याटर्जीको अगुवाईमा सदस्यहरू तीन दिवसीय सिक्किम भ्रमणमा आएका छन्।
भ्रमण टोलीमा समितिकी अध्यक्ष लकेट च्याटर्जीको साथमा अनिल फिरोजिया (एमपी), राजेन्द्र डी. गावित (एमपी), खगेन मुर्मु (एमपी), हिमाद्रि सिंह (एमपी), राजमोहन उन्निथन (एमपी), वी. वैथिलिङ्गम (एमपी) र सकलदीप राजभर (एमपी) आएका छन्। साथै टोलीमा लोकसभा सचिवालयका अधिकारीहरू पनि सामेल छन्। बैठकमा मुख्य सचिव वीबी पाठक, खाद्य एवं नागरिक आपूर्ति विभागकी सचिव दीपा रानी थापा, अतिरिक्त सचिव जिग्मी डब्ल्यु, भोटिया तथा अन्य अधिकारीहरू उपस्थित थिए।









