भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रिषिहाट शाखाको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा रिषिहाट भेटरन्सले प्री क्वार्टर फाइनलमा स्थान बनायो। रिषिहाट हायर सेकेण्डरी स्कूल खेल मैदानमा बुधवार भएको दोस्रो राउण्डको म्याचमा रिषिहाट भेटरन्सले अद्दु गाउँ एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट बेलजम तामाङले २ गोल गरे। यसरी नै अद्दु गाउँ एफसी-बाट अनमोल राईले गोल गरे। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









