जेटशेनको जीतको लागि कम्मर कसेर प्रचार कार्यक्रमको तयारी

गान्तोक। जी सारेगमप लिटल च्याम्प प्रतियोगितामा सिक्किम राज्यबाट ९ वर्षीया बालिका जेटशेन डोना तामाङ फाइनल राउण्डमा प्रवेश गरिन्। यसको खुशीयालीमा आज देशभरि उनका समर्थकहरूको भीड लाग्न शुरू भएको छ।जेटसनको स्वर सुनेर संगीत पारखीहरू चकित भइरहेका छन्। आज सिलगड़ी जर्नलिस्ट क्लबमा जेटशेन डोना लामा सपोर्ट ग्रुपको एउटा अपील सम्मेलन सम्पन्न भयो।
सम्मेलनमा क्लबका प्रमुख तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य वक्ताको रूपमा उपस्थित थिए।पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै खालिङले आगामी राउण्डमा जेत्सनलाई विजय गराउन सबैप्रति आह्वान गरे। यो फाइनल राउण्ड भएकोले यसपालि भोट प्रदान गर्ने समय पनि पहिलेकोभन्दा अझ दुई दिन बढ़ाएकोले धेरैभन्दा धेरै भोट लगाउन सकिने सबैप्रति सुझाउ राखे। यसपालि भोटको समय शनिवार साँझ ९ बजीदेखि खोलिने अनि आइतवार, सोमवार, मंगलवार अनि बुधवार बिहान ९ बजीसम्म रहने पनि बताए। सानी बालिका जेटशेनलाई जिताउन उनले आह्वान गरे। अहिलेघरि देशका विभिन्न राज्यहरूमा जेटशेन डोना लामा फ्यान क्लब, सपोर्ट क्लबहरूको गठन भइरहेको अवगत गराउँदै संगीतको खानी मुम्बईमा पनि त्यहाँका संगीतका प्रवुद्धहरूबाट जेटशेन लामा सपोर्ट ग्रुप गठन भएको जानकारी दिए। उनले भने, सिक्किम राज्यमा अहिलेघरि जेटशेनको जीतको लागि प्रार्थना गर्नेहरू धेरै छन् तथा उनको जीतको लागि भोट गरौं भन्दै विभिन्न सपोर्ट ग्रूपहरूले काम गरिरहेका छन्। अब दार्जीलिङ, खरसाङ, कालेबुङ, सिलगडीदेखि डुवर्स तथा जयगाउँसम्म भोटको लागि आह्वान तथा अपील गर्ने कार्यक्रम तय गरिसकेको उनले बताए। यसको लागि दार्जीलिङमा मन्त्र ब्याण्डको सहयोगमा दार्जीलिङ, खरसाङ, कालेबुङका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रमको आयोजन गरी भोट माग्ने तय गरिएको बताए। यसैगरी, गायक पुष्पन प्रधानको ब्याण्डको सहयोगमा डुवर्स क्षेत्रहरूमा भोटको अपील गरिनेछ। सिलगढ़ी क्षेत्रमा तन्मय चौधरीको ब्याण्डसँग जेटशेनको लागि भोटको अपील गर्न कार्यक्रमहरूको आयोजन गरिने पक्का भइसकेको उनले बताए। यसका साथै बङलोर, दिल्ली तथा अन्य ठूला शहरहरूमा भोटको अपील भइरहेको अझ बताए। उनले सबै मिलेर जेटशेनलाई संगीतको उच्च स्थान प्रदान गर्ने आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement