विभागको निर्णयलाई अल सिक्किम लक्जरी भेकल ओनर्स कम् ड्राइभर्स वेलफेयर एसोसिएशनले जनायो स्वागत

गान्तोक। अल सिक्किम लक्जरी भेकल ओनर्स कम् ड्राइभर्स वेलफेयर एसोसिएशनले लक्जरी गाड़ीहरूमा मोटर भेकल ट्र्याकिङ डिभाइस जड़ान गर्ने निर्णयलाई आज स्वागत गरेका छन्। एसोसिएशनका कतिपय सदस्यले यो जड़ान गर्दा लाग्ने रकममा असन्तुष्टि व्यक्त गर्दै प्रेस वार्ता गरेका थिए। एसोसिएशनका सदस्यहरूले विभागसँगको बैठकपछि आज फेरि प्रेस वार्ता गरेर यसाई स्वागत गरेका छन्। अन्य राज्यहरूमा भने ट्र्याकिङ डिभाइस लाउने कार्य वर्ष २०१८ देखि नै शुरु भएको हुँदा अब सिक्किम राज्यमा पनि जड़ान गरिनुपर्ने अवस्थालाई ध्यानमा राखेर विभागले यसाई जड़ान गर्ने अन्तिम मिति ३१ मार्च राखेको छ। यो डिभाइस जड़ान गर्दै चालकहरूलाई नै फाइदा पुग्ने हुनाले एसोसिएशनका पदाधिकारीहरूले आज प्रेस वार्तामार्फत सबै सदस्यहरूलाई आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement