अध्यक्ष गणेश राईले छ्जनालाई चाबी हस्तान्तरण गरे

नाम्ची: गणेश राई नाम्ची नगर परिषदका अध्यक्षले नाम्चीको नवनिर्मित सार्वजनिक उपयोगिता भवन (पब्लिक युटिलिटी बिल्डिङ) मा स्थानीय छजनालाई चाबी हस्तान्तरण गरे। यस अवसरमा उपाध्यक्ष सावित्री तामाङ, पार्षदगण, अतिरिक्त मुख्य अभियन्ता नविन राई, कार्यकारी अधिकारी देशपथ लामाको विशेष उपस्थित रहेको थियो। चाबी हस्तान्तरण गर्दै अध्यक्ष राईले लाभार्थीहरूलाई बधाई दिएका छन्। लाभार्थीहरूसँग अन्तरक्रिया पनि गरे।सार्वजनिक उपयोगिता भवन स्मार्ट सिटी अन्तर्गत निर्माण गरिएको हो, जसमा १८ वटा कोठा, केफेटेरिया, शौचालय सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement