सिलगढी: आजदेखि सिलगगढी नगर निगमको १७ नम्बर वार्ड कमिटीको आयोजनामा वार्ड उत्सव ‘उन्मेश २०२३ सुरू भएको छ। सिलगढी नगर निगमका मेयर गौतम देवले झण्डा फर्फराउनको साथै बेलुनहरू उडाएर उक्त वार्ड उत्सवको शुभारम्भ गरे। आज बिहान ढाक, ढोलसितै रंगारंग शोभायात्राको माध्यमद्वारा वार्ड उत्सवको शुरुवात गरियो। उक्त शोभायात्रा सिलगढी कलेज मैदानबाट सुरू गरेर विभिन्न इलाकाको परिक्रममा गयो। उक्त शोभायात्रामा वार्ड पार्षद मिल्ली सिन्हा लगायत नगर निगमका मेयर पार्षद उपस्थित थिए। यसको साथै विभिन्न स्कूलका नानीहरू पनि शोभायात्रामा सामेल थिए।
								



								

                    



