मंगनः महिला एवं बाल विकास विभाग अन्तर्गत जिल्ला बाल सुरक्षा एकाई, मंगन जिल्ला र बीडीओ, काबिको समन्वयमा खण्डमा जिल्ला सदस्य, पञ्चायत सभापति र पञ्चायतहरूको निम्ति बाल अधिकार र बाल सम्बन्धित कानूनको बारेमा संवेदीकरण कार्यक्रम आयोजन गन्यो। कार्यक्रम आयोजन गर्नुको मुख्य उद्देश्य ग्राम स्तरीय बाल कल्याण एवं सुरक्षा समितिहरू गठन गर्नु रहेको थियो। उत्तर जिल्लाकी डीसीपीओ डब्ल्यु लेप्चाले उक्त समितिहरूले बाल मैत्री जीपीयू सुविधा सुनिश्चित गर्ने र संकटमा परेका नानीहरूको पहिचान गर्ने काम गर्ने बताइन्। यसै गरी, समितिका सदस्यहरूले कुनै पनि असुरक्षित नानीहरू र विभागबीच पूलको काम गर्ने र बाल शोषण रोकथाममा मद्दत गर्नेछन् भनी उनले बताइन्।










