पीएमवाई लिएर भाजपाद्वारा मलंगी ग्राम पञ्चायत घेराउ


कालचिनीः प्रधानमन्त्री आवास योजना अर्थात पीएमवाई लिएर अहिले बंगालभरी नै भाजपा बनाम तृणमूलको राजनैतिक वर्चस्वको युद्ध चलिरहेको छ भने यस क्रममा भाजपाले लगातार रुपमा प्रत्येक ग्राम पञ्चायत क्षेत्रमा पीएमवाई सूचीबाट लाभार्थीहरूको नाम काटेको विरुद्ध आन्दोलन चलाईरहेका छन्। यसैबीच तृणमूलले पनि भाजपासित कुनै राजनैतिक मुद्दा नभएर जनसाधारणलाई भड़काउने कार्य गर्दै आईरहेको आरोप पनि लगाईरहेको छ। आज यसै क्रममा कालचिनी खण्डको मलंगी ग्राम पञ्चायतमा भाजपा ९ नम्बर मण्डल कमिटीको पक्षबाट गरीब परिवारहरूको नाम पीएमवाई सूचीबाट अवैद्य तरीकाले काटने काम भएको विरोध गर्दै ग्राम पञ्चायत कार्यालय घेराउ लगायत प्रधान समक्ष ज्ञापन चढ़ाएको भाजपा सुत्रले जनाएका छन्। आज उक्त घेराउ औ ज्ञापन कार्यक्रममा भाजपा कालचिनी विधानसभा संयोजक आलोक मित्र लगायत भाजपा ९ नम्बर मण्डल सभापति रुद्र मण्डल, भाजपा नेता प्रदिप कुजुर, जयप्रकाश प्रसाद, भाजपा मलंगी अञ्चल सभापति बिकीचीक बडाइक, सचिव यशवन्त सुरी आदिको उपस्थिति रहेको थियो।
भाजपा पक्षबाट आलोक मित्र, रुद्र मण्डलले पीएमवाई सूची जुन चैँ २०१८ सालमा जारी भएको थियो त्यस अनुरुप धेरै गरीब परिवारहरूको नाम काटेको र ग्रामसभाको प्रस्ताव बिना कसरी काटने काम भयो यसको जवाफदेही सरकार हुन पर्ने र जसको पनि नाम पीएमवाई सूचीमा छैन उनीहरूको नाम अन्तर्भुक्ति गरिनु पर्ने साथै जीआर बन्द भएको र यसलाई पुनः चालु गरिनु पर्ने सम्बन्धमा ज्ञापन चढ़ाईएको जनाएका छन्। यता मलंगी ग्राम पञ्चायत प्रधान रुबी रजकले जति पनि दाबीहरू छन् त्यसलाई माथिल्लो तहमा पठाईने बताएकी छन्।

About Author

Advertisement