रंगबुलमा ओपन नक्आउट फूटबलः घुम जोरबंग्लो स्पोर्टिंग क्लब प्री क्वार्टर फाइनलमा

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा घुम जोरबंग्लो स्पोर्टिंग क्लबले प्री क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा बुधवार भएको म्याचमा घूम जोरबंग्लो स्पोर्टिंग क्लबले दार्जीलिङ डायनामोलाई ३-१ पराजित गऱ्यो। विजेता टीमबाट सौरभ बराईलीले २ अनि कर्मा शर्पाले १ गोल गरे। यसरी नै दार्जीलिङ डायनामोबाट प्रीतम सुब्बाले १ गोल गरे। एरोज थापालाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement