सिलगढी: सुन सफा गर्ने नाममा एक घरमा घुसेर सुनका गरगहना लुटेका छन्। घटना बुधबार सिलगढीको आश्रमपाडा क्षेत्रमा भएको हो। सुन सफा गर्ने नाममा बुधवार दिउँसो लगभग २ः१० बजे सिलगढीको लाला लाजपतराई रोडमा रहेको अशोक मजुमदारको घरमा बदमाशहरूको समूह घुसेको बताइएको छ। उनीहरूले अशोक मजुमदार र उनकी श्रीमती शिप्रा मजुमदारलाई ठगाएर सुनका गरगहना लुटेका थिए। उनीहरूले केही बुझ्नुअघि नै आफ्ना सुनका गहनाहरू हराएको देखे। उनले तुरुन्तै प्रहरीलाई खबर गरेपछि सिलगढी पुलिस घटनास्थलमा पुगेर घटनाको अनुसन्धान सुरु गरेको थियो।










