तृणमूल कङ्ग्रेस महासचिव ११ फरवरी कुचबिहार आउने

कुचबिहार: अभिषेक ब्यानर्जी पञ्चायत चुनावको प्रचार गर्न फरवरी ११ मा कुचबिहार आउँदैछन्। पञ्चायतको चुनाव नजिकिदै छ। पञ्चायत निर्वाचनअघि सबै राजनीतिक दलले प्रचारप्रसार सुरु गरेका छन्। पञ्चायत निर्वाचनअघि नै विभिन्न राजनीतिक दलले फरक–फरक नीति तय गरेका छन्। अहिले पञ्चायत निर्वाचनमा कसको वर्चस्व कायम गर्ने भन्ने विषयमा जिल्लाभर प्रचारप्रसार भइरहेको छ। जिल्लाका नेताहरूसँगै प्रदेशका नेताहरू पनि एक एक गरी जिल्लामा प्रचारप्रसार गरिरहेका छन्। तृणमूल कङ्ग्रेसका महासचिव अभिषेक ब्यानर्जी ११ फरवरीमा कुचबिहार आउँदैछन्। तृणमूल कङ्ग्रेस कुचबिहार जिल्ला अध्यक्ष अभिजीत दे भौमिकले आज पार्टीको जिल्ला कार्यालयमा पत्रकार सम्मेलनमा अभिषेक ब्यानर्जीको कुचबिहार शहरमा आगमनको घोषणा गरे। उनले भने कि अभिषेक ब्यानर्जी ११ फरवरी कुचबिहार आउँदैछन्। उनी तृणमूल कार्यकर्ताहरूलाई प्रोत्साहन गर्न कुचबिहार आउनेछन्। अहिले तिनको कुचबिहार शहरको रश्मेला मैदानमा जनसभा गर्ने कार्यक्रम छ।

About Author

Advertisement