गोपाल दासले जिते बडी बिल्डिङ्ग प्रतियोगितामा ‘मिस्टर सिलगढी – को उपाधि

सिलगढी: गत ९ जनवरीको दिन सिलगढीको चम्पासरीमा आयोजित मिस्टर सिलगढी बडीबिल्डिङ्ग प्रतियोगितामा सिलगढीको शान्तिपाड़ा निवासी गोपाल दास ‘मिस्टर सिलगढी’ को खिताब जित्न सफल भएका छन्।तिनले यो उपाधि जित्नको लागि नियमित दिनहुँ ४ घण्टासम्म परिश्रम गर्दै आइरहेको थिए। तिनले मिस्टर इण्डियाको उपाधि विजेता मनोज दाससित प्रशिक्षण लिइरहेका थिए। गोपाल दासले बताए अनुसार यसभन्दा अघि तिनले जयगाँवमा आयोजित मिस्टर फ्लेक्स प्रतियोगितामा स्वर्ण पदक जितेका थिए। लक्ष्य कठिन भए तापनि भविष्यमा मिस्टर इण्डिया को उपाधि जितेर नाम उच्च गर्ने तिनको ठूलो सपना रहेको छ।

About Author

Advertisement