उत्तर बङ्गाल मेडिकल कलेजमा जीटीए हेल्प डेस्ककाे उदघाटन

“पहाडवासीको निम्ति मात्र नभएर सबै बिरामीको निम्ति जीटीए हेल्प डेस्क मेडिकल कलेजको सेवा संग जोड्ने पुल बन्नेछ”: अनित थापा

सिलिगुडी: ‘जीटीए हेल्प डेस्कले पहाडवासीलाई मात्र होइन सम्पूर्ण वासीलाई मेडिकल कलेजको सेवा संग जोड्ने पुलको काम गर्नेछ’। उत्तर बङ्गाल मेडिकल कलेज, सिलिगुडीमा आयोजित हेल्प डेस्क उदघाटन कार्यक्रममा जीटीए प्रमुख कार्यपाल अनित थापाले यो मन्तव्य पोखेका हुन्। गोर्खाल्यान्ड क्षेत्रिय प्रशासनको सहयोग द्वारा हेल्थ अनि परिवार कल्याण विभागको पक्षबाट सहायता केन्द्रको उद्घाटन कार्यक्रममा सिलीगुडी कोरपोरेशनका मेयर गाैतम देवको विशिष्ट उपस्थिति रहेको थियो।

अनित थापाले भने, “हामी जान्ने मान्छे त मेडिकल कलेजमा पस्दा अल्मलिन्छौ भने साधारण मानिस त्यही डरले निजी नर्सिङ होम तर्फ जान्छन्। हेल्प डेस्कले अल्मलिएका व्यक्तिहरूलाई सहायता दिनेछन्। हेल्प डेस्क हेर्दा सानो छ तर कामको रूपमा यसले ठूलो रूप लिनेछन्।”

उनले थप भने, “गौतम देव सरले हामीलाई सदैव सहयोग गर्नु भएको छ। हामी सरकार संग मिलेर काम गर्यौ भने हाम्रो निम्ति नै फाइदा हुन्छ भन्ने प्रमाण पनि हो यो हेल्प डेस्क। हाम्रो मानिसलाई मेडिकल सेवाको खाँचो छ। त्यो खाँचो हेल्प डेस्क ले पूरा गर्नेछ। विन्नी शर्माको नेतृत्वमा हेल्प डेस्क सञ्चालन हुनेछ।”

उनले अझ भने, “हामी श्रमिक भवनको निर्माणको निम्ति माननीय गौतम सरले जमीन उपलब्ध गराई दिनु हुने वचन दिनु भएको छ।”

त्यसरी नै स्वास्थ्य विभागका कार्यकारिणी सभासद अरुण सिग्छीले भने, “हेल्प डेस्कले दार्जीलिङ पहाड, तराई,डुवर्सका विरामीहरुलाई स्वास्थ्य सेवा पुर्याउनेछ। जब सम्म सूर्य चन्द्र रहन्छ तब सम्म यो हेल्प डेस्क रहनेछ। पहाडलाई स्वास्थ्य सेवा दिनु नै हेल्प डेस्क राखिएको हो।”

कार्यक्रमलाई मेयर गौतम देवले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement