सुप्रीम कोर्ट जाने तयारीमा हाम्रो पार्टी

१६ को चेयरम्यानको चूनावमा हामी अवष्य अंष ग्रहण गर्ने छौ: रितेष पोर्तेल

दार्जीलिङ: सुप्रीम कोर्ट जाने तयारीमा हाम्रो पार्टी।डिभिजनल बेन्चको निर्णय आएपछि रितेश पोर्तेलले हामी न्याय प्रणालीको सम्मान गर्छौ भने।तिनले अधि भने सर्किट बेन्चको डिभिजनल बेन्च को निर्णय हाम्रो पक्षमा आएन, हामी हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसंग सरसल्ला गरेर शीध्र नै सुप्रीम कोर्ट जाने छौ पोर्तेलले भने। सुप्रीम कोर्टमा दार्जीलिङ नगर पालिकाको बोर्ड साथै अन्य विषयहरूमाथि याचिका दर्ता गर्ने छौ पोर्तेलले भने। आगमी १६ जनवरी दार्जीलिङ नगरपालिकाको चेयरम्यानको चूनाव हुने भएको छ अनि उक्त चूनावमा हामी अंश ग्रहण गर्ने छौ। तिनले अधि भने दार्जीलिङ नगरपालिकामा हामी १५ जना जति छौ हामी सवैले अंश ग्रहण गर्ने छौ पोर्तेलले दोहोराए। भागोप्रमोले बोर्ड गठन गरे मलाई कुनै प्रकारको अफसोस छैन, जीटीए सभामा पनि उनीहरूकै बोर्ड अनि उनीहरूले राम्रो काम गर्न सक्छ भन्ने मलाई आशा छ तर भागोप्रमोले दार्जीलिङ नगर पालिकामा जो चेयरम्यानको घोषणा गरेको छ, उसको विरोधमा हामी भोट हाल्ने छौ पोर्तेलले भने। दीपेन ठकुरी एक एक गलत ब्यक्ति हो, उसले राती राती एक विवाहित महिलालाई फोन गरेर बोलाउँने उसको चरित्र छ, दीपेन ठकुरीले हाम्रो पार्टी छोडेर भागोप्रमोमा किन गएका थिएछ भन्ने आज जनता अधि स्पष्ट भएको छ भन्ने पोर्तेले बताए।तिनले अझ भने दीपेन ठकुरीले उसलाई चेयरम्यानको पद दिए भागोप्रमोमा सामेल हुन्छु भन्ने अडान लिएर उनी उता गएका थिएछ भन्ने पोर्तेलले बताए।तिनले अझ भने एक विधवा महिलालाई राती राती फोन गरेर बोलाएको विषयमा हामीले दीपेन ठकुरी विरूद्व मामला पनि दर्ता गरी सकेका छौ, यस्ता चरित्रहिन ब्यक्तिलाई जनताले चेयरम्यान कदापी मान्न सक्दैन पोर्तेलले भने। तिनले अझ भने दीपेन ठकुरीले गरेको फोन रिकार्ड यदि गलत सावित भयो भने हामी सवै कमिषनरको पदभारबाट राजीनामा दिने छौ। दार्जीलिङ नगरपालिकाको आज जो स्थिति छ, भोलीको दिनमा स्थिति अर्कै पनि हुन सक्छ, हामीसंग १७ जना कमिषनरहरू पनि हुन सक्छ भन्ने पोर्तेलले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement