तकदाह: बिगत ११ जनवरी २०१९ जम्मुकाशमिर नाउशेरा रजौडी जिल्लामा बम काण्डमा परेर सहिद भएका २४ बर्षीय सहिद जिवन गुरुङको चौथो पुण्यतिथि आज सिग्रिमताम स्वास्थ्य केन्द्र परिसरमा स्थापित पुर्णाङ्ग सलिगमा सम्पन्न गरियो। तकदाह दवाई पानी, ग्लेनवर्णन सिग्रिमताम भुतपूर्व सैनिक संगठन, तक्दाह दवाई पानी श्री सत्य साई सेवा समिति , प्रभात सहयोगी समाज साथै सहिद परिवारको उपस्थितिमा उक्तसहिद जिवन गुरुङको चौथो पुण्यतिथि पालन गरियो।









