प्रधान नगर फूटबल क्लब (पीएनएफसी)-को तत्त्वावधानमा दुईदिने नक्आउट भेटरन्स (४० प्लस) फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। चम्पासरी नजिक मार्गरेट स्कूल मैदानमा १४ र १५ जनवरीमा हुने यस टुर्नामेण्टमा जम्मा १२ वटा टीमले चुनौती पेश गर्नेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई छेवांग लामा स्मृति विनर्स ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई डोमा शेर्पा स्मृति रनरअप् ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। पहिलो दिन म्याचहरू बिहान ९ बजीदेखि शुरु हुनेछ।