हरेक म्याचलाई आफ्नो अन्तिम म्याच ठानेर खेल्न ओर्लिन्छन् कोहली

IMG-20230111-WA0120.jpg

श्रीलंका विरुद्ध गुवाहटीमा खेलिएको वनडे म्याचमा ११३ रनको आक्रामक ईनिंग्स खेलेर भारतीय टीमको जीतको पृष्ठभूमि तयार गर्ने दिग्गज ब्याटर विराट कोहलीले बताएअनुसार, उनी हरेक म्याचलाई आफ्नो अन्तिम म्याच सोचेर खेल्छन्। मंगलवार कोहलीले ८८ बलमा बनाएको ११३ रनको सहायताले भारतले पहिला ६ विकेटमा ३७३ रनको विशाल स्कोर बनाएपछि श्रीलंकालाई ३०६ रन (८ विकेट)-मा रोक्यो। वनडे इण्टरनेशनल क्रिकेटमा आफ्नो ४५औं शतक बनाउने कोहली प्लेयर अव् द म्याच बने। म्याचपछि उनले भने, हताशाले तपाईंलाई कहीँ पुऱ्याउँदैन अनि यो कुरा मैले सिकेको छु। तपाईंले कुराहरूलाई जटिल बनाउनु हुँदैन। मैदानमा ओर्लिएपछि नीडर भएर खेल्नु पर्छ। म कुनै पनि कुरालाई पक्रिएर राख्न सक्दिनँ। सही मानसिकताको साथ खेल्नु जरूरी छ। खेलको मजा लिँदै हरेक म्याचलाई आफ्नो अन्तिम म्याच सोचेर खेल्नु पर्छ। खेल अघि बढ़िरहन्छ। म सदाको निम्ति खेल्न सक्दिनँ तर वर्तमान समयको आनन्द अवश्यै लिन सक्छु। मैले यस ईनिंग्समा पनि अलग केही गरिनँ। मेरो तयारी अनि मानसिकता सदा एकै थरीको रहन्छ। म अहिले बललाई असल तरिकाले हिट् गरिरहेको छु। यस लयलाई जतिसक्दो लामो समयसम्म जारी राख्ने लक्ष्य छ।
म्याचमा भारतीय कप्तान रोहित शर्मा (८३) र शुभमन गिल (७०)-ले अर्द्धशतक बनाउनको साथै पहिलो विकेटको निम्ति १४३ रनको साझेदारी गरी भारतलाई असल स्कोर तर्फ अग्रसर गराएका थिए। कप्तान रोहित टीमको ब्याटिंगसँग सन्तुष्ट देखिए पनि बलिंगमा सुधारको आवश्यकता रहेको बताए। भारतीय कप्तानले भने, हामीले ब्याटको साथ असल शुरुवात गऱ्यौं। ब्याटरहरूले असाधारण प्रदर्शन गरे। मेरो विचारमा हाम्रो बलिंग यसभन्दा राम्रो हुन सक्थ्यो। म धेर आलोचना पनि गर्न चाहदिनँ कारण परिस्थिति सजिलो थिएन। विशेषगरी मैदानमा शीत परेपछि। यसरी नै श्रीलंकाका कप्तान दासुन शनाकाले हारको निम्ति बलरहरूलाई दोष्याए। उनले भने, हामीले विपक्षी ब्याटरहरू विरुद्ध योजना बनाएका थियौं तर बलरहरूले त्यसलाई सटीक तरिकाले प्रयोगमा ल्याउन सकेनन्। विशेषगरी हामीले शुरुवाती दश ओभरमै म्याचलाई हातबाट उम्कायौं। आफ्नो शतकीय ईनिंग्स अनि ब्याटिंग क्रममा तल ओर्लिएको प्रसंगमा शनाकाले भने, मेरो विचारमा म कुराहरू सही तरिकाले गरिरहेको छु। टी२० प्रारूपमा म पहिला ब्याटिंग गर्न ओर्लिन सक्छु तर वनडे प्रारूपमा मैले छैटौं नम्बरमै ब्याटिंग गर्नु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement