सिलगढ़ी युनाइटेड फूटबल एकाडमीका युवा गोलकीपर अरित्र पालले अण्डर-१५ बेंगल फूटबल एकाडमीमा मौका पाएका छन्। चम्पासरी नजिक पलास सरणी (समरनगर) निवासी अरित्रले सिलगढ़ी युनाइटेड एफए-बाट आयु वर्गको विभिन्न टुर्नामेण्टहरूमा असल प्रदर्शन गरेका थिए। यसपाली बेंगल फूटबल एकाडमीमा मौका पाएपछि उनले आफ्नो प्रतिभालाई निखार्ने पर्याप्त मौका पाउनेछन्। यसको साथमा सिलगढ़ी युनाइटेड एफए-का प्रमुख अनिमेश लामाले बताएअनुसार, एकाडमीमा ६-देखि १९ वर्ष आयु वर्गमा (बालक-बालिका) भर्ना जारी रहेको छ।