गान्तोक: देउरालीस्थित खादी भवनमा हिजो रोजगार मेला साथै प्रधानमन्त्री राष्ट्रीय प्रशिक्षुता मेला आयोजना गरियो। नियुक्ति केन्द्र अन्तर्गत क्षमता विकास विभागको पहलमा आयोजित यस कार्यक्रममा एससीएस विभागका अतिरिक्त सचिव साम्दुप भोटिया, क्षमता विकास विभागका उपनिर्देशक डीडी शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा प्रसिद्ध आठवटा कम्पनी जस्तै गोल्डेन क्रस फार्मा, टपसेल टोयटा, राजसन महेन्द्र, डेजोङ एलब्रीउ, स्टार हेल्थ इन्सुरेन्स, डेञ्जोह रिजेन्सी, डेल्टिन क्यासिनो जस्ता कम्पनीले अंशग्रहण गरेको थियो। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य स्थानीयहरूलाई उनीहरूको योग्यता हेरर काम दिलाउनु थियो। उक्त कार्यक्रम अन्तर्गत नौकरीको निम्ति अन्तरवार्ताको आयोजना गरिएको थियो जसमा ३६ जना छनौट भएका छन्।