गान्तोक: सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालको अध्यक्षतामा एक समन्वय सम्पन्न भयो। आकांक्षी जिल्ला र उपलब्धि लक्षित वित्तीय समावेशीकरण कार्यक्रम सम्बन्धीमाथि आयोजित सभामा अतिरिक्त जिल्लापल (विकास)धिरज सुवेदी, अतिरिक्त जिल्लापाल गयास पेगा लगायत अन्य अधिकारीवर्गले पनि उपस्थिति जनाएका थिए।
सभालाई सम्बोधन गर्दै जिल्लापाल ठटालले सबै ब्याङकर्स र खण्ड विकास अधिकारहरूले आ-आफ्नो क्षेत्रमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुपर्ने सुझाउ दिए। उनले ब्याङकर्सलाई ग्राहकसँग मात्र नभई जनताप्रति मैत्री भावना राख्नु पर्ने, डिजिटल पहिचानका लागि खण्ड विकास अधिकारीले आधार सिडिङ वा फाउन्डेसन स्थापना गर्नुपर्ने र ब्याङक आउटलेटहरू खोल्ने आग्रह गरे। उनले एटीएमहरू सेवा सुनिश्चित गर्न निर्देशन दिए। नोडल ब्याङक र खण्ड विकास अधिकारीले सत्र सुरु भएपछि विद्यालयहरूमा भ्रमण गर्नु पर्ने सुझाउ दिए। यसका साथै कलेजहरूले पनि सकेसम्म खाता खोल्नु पर्ने विषयमा अवगत गराए।
खण्ड विकास अधिकारीहरूले ब्याङक्का अधिकारीहरूसँग समन्वय राखेर काम गरेको खण्डमा जनलाई लाभ पुग्न सक्ने सम्भावना व्यक्त गरे। यसै क्रममा आरबीआईका एलडीओ बर्माले
१८ देखि ५० वर्ष उमेर समूहका लागि प्रधान मन्त्री जीवन ज्योति बीमा योजना, १८ देखि ७० वर्ष उमेर समूहका लागि प्रधान मन्त्री सुरक्षा बीमा योजना र अटल पेन्सन योजनाको बारेमा जानकारी गराए। उनले उपस्थिति सबैलाई सकेसम्म ब्याङ्क खाता खोल्न प्रोत्साहन गर्दै ब्लक स्तरमा सुधार गर्नुपर्ने र प्रत्येक त्रैमासिक बैठकहरू गर्न आग्रह गरे।