निमसाङ लिम्बू ‘द जम्पिङ गोरिला माउण्टेन ट्रेल रन’ प्रतियोगितामा प्रथम

गान्तोक: गत ८ जनवरीको दिन महाराष्ट्रको गाडडाँडा पुणेमा आयोजित “द जम्पिङ गोरिला माउण्टेन ट्रेल रन” प्रतियोगितामा सिक्किमका निम्साङ लिम्बू प्रथम भएका छन्। उनले पुरूषवर्गक ५० किलोमिटर ट्रेल रनमा सहभागिता जनाएका थिए। उल्लेख्यनी छ, यसभन्दा अघि पनि देशको विभिन्न भागमा तेस्रो “द जम्पिङ गोरिला माउण्टेन ट्रेल रन” आयोजना भएको थियो। तर यो वर्ष चौथो एडिसनमा पश्चिम जिल्लाको दराप निवासी निमसाङ लिम्बूले प्रथम भएर राज्यको नाम रोशन गरेका छन्। यसरी नै प्रितम राईले चौथो स्थान ओगटन सफल बनेको म्याराथन म्यान अमर सुब्बाले जानकारी गराएका छन्।

राईले एकसय किलोमिटरको दौडमा सहभागिता जनाएका थिए। यी दुवैले म्याराथन म्यान अमर सुब्बाद्वारा सञ्चालित अमारथन एकादमी अफ् सिक्किमबाट प्रशिक्षण लिइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement