गान्तोक: लामो समयको अन्तरालपछि राज्यमा आज कोरोनाकाे एउटा नयाँ मामिला अघि आएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज याे राेगले कसैको मृत्यु न भएकाे विभागले जानकारी गराएको छ।
स्वास्थ्य विभागले जानकारी गराए अनुसार, हिजो राज्यभरि ५० जनाको नमूना जाँच गरेकाेमा, गान्तोक जिल्लाबाट एकजनामा संक्रमण पुष्टि भएकाे छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या दुई रहेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर २ प्रतिशत दर्ता भएको छ।
अहिलेसम्म राज्यमा ४३,०३६ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,३२१ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ।









