चार दिवसीय सिक्किम भ्रमणमा सांसदहरु

गान्तोक: अध्यक्ष लकेट चेटर्जीको नेतृत्वमा  सांसदहरू, अध्यक्षहरू र लोकसभा सचिवालयका अधिकारीहरू आज सिक्किम आइपुगे। चार दिने भ्रमण आएको टोलीले गान्तोकमा रहेको खाद्य, उपभोक्ता मामिला र नागरिक  वितरण प्रणाली सम्बन्धी जायजा लिनेछ। यो संसदीय स्थायी समितिको अध्ययन भ्रमण हो। टोलीलाई  रम्फू पर्यटक केन्द्रमा खाद्य तथा नागरिक आपूर्ति विभागकी सचिव दीपा रानी थापा, खाद्य तथा नागरिक आपूर्ति विभागका अतिरिक्त सचिव जिग्मी वाङ्चुक, गृह उपसचिव जोन गुरुङले स्वागत गरेका थिए। विभाग र एफसीआई उपप्रबन्धक भी चकमा र सम्बन्धित विभागका सरकारी अधिकारीहरू उपस्थित थिए। भ्रमणका सदस्यहरूमा लकेट चेटर्जी अध्यक्ष, अनिल फिरोजिया  राजेन्द्र डी. गावित, खगेन मुर्मु समावेश थिए।

भ्रमणमा लोकसभा सचिवालयका अधिकारीहरू, डा. वत्सला जोशी डा मोहित राजन, डोङ लिआन्थाङ टोन्सिङ,  सोनिया वालिया पनि थिए। त्यसपछि खाद्य, उपभोक्ता मामिला र सार्वजनिक वितरण प्रणाली सम्बन्धी संसदीय स्थायी समितिका अधिकारीहरूलाई एफसीआई, एफएसडी राङ्पो डिपोमा लगियो। गोदामको भ्रमणमा अध्यक्षले फोर्टिफाइड चामल र गहुँ लगायतका खाद्यान्नको भण्डारण, खरिदबारे जानकारी लिएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement