मंगनः मुख्यमन्त्री प्रेमसिंह तामाङले मंगलवार उत्तर सिक्किमको जगु निर्वाचन क्षेत्रका जनतासँग ‘दैलोमा प्रशासन पहलअन्तर्गत नामप्रिकदाङस्थित फरेस्ट गेस्ट हाउसमा भेट गरे। मुख्यमन्त्री यो पहत जनतासँग सोझो सम्पर्क गरेर उनीहरूका गुनासोहरू बुझे अनि तत्काल समाधान गर्ने उद्देश्यका साथ शुरू गरिएको जानकारी गराए।
मुख्यमन्त्रीलाई भेट गर्न जङ्गु निर्वाचन क्षेत्रको विभिन्न ठाउँहरूमा भारी संख्यामा मानिसहरू एकत्रित भएका थिए। मुख्यमन्त्रीले एक एक गरि हरेक जनतासँग भेट गर्दै ध्यानपूर्वक उनीहरूका समस्याहरू र गुनासोहरू सुने यसपछि उनले आवश्यकमन्द जनतालाई चिकित्सा सहायता र सरकारी सेवाहरू प्रदान गरे। यस अवसरमा मन्त्री सोनाम लामा, मन्त्री साम्डुप लेप्चा, जङ्गुका विधायक पिन्वो नामग्याल लेप्चा तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।









