सिलगढी: प्रसिद्ध फिल्म निर्देशक सत्यजीत रेको जन्मशताब्दीको अवसरमा उहाँमाथि फिल्म फेस्टिभल आयोजना गरिँदै छ। यो महोत्सव सिलगढीको दीन बन्धु मञ्च सलाहकार समितिले राज्य सरकारको सूचना तथा संस्कृति विभागसँगको सहयोगमा आयोजना भईरहेको छ। जनवरी १२ देखि २१ जनवरीसम्म दीनबन्धु मञ्चमा सत्यजित रेका २० वटा चलचित्र प्रदर्शन हुनेछन्। उद्घाटनमा उनका छोरा निर्देशक सन्दीप रोय उपस्थित रहने छन्। सबैले हेर्न पाउने गरी प्रवेश नि:शुल्क राखिएको दीनबन्धु मञ्च सल्लाहकार समितिका अध्यक्ष एवं मेयर गौतम देवले जनाएका छन्।
								



								

															
                    



