सिआम मिशनको अभावमा जिल्ला अस्पताल जीटीएले ल्याउन सक्दैन भने अरूण भाइ तिमी र म मिलेर ल्याउ: अजय एडवार्डस

IMG_20230110_175622.jpg

दार्जीलिङ: सभासद अजय एडवार्डसले अरूण सिग्जीलाई मिलेर सिआम मिशन ल्याउँने प्रस्ताव राखे को छन्। दार्जीलिङ जिल्ला अस्पतालमा सिआम मिशन नभएको कारणले गर्दा रोगीहरूले धेरै प्रकारको असूविधाहरू भोग्न परिरहेको हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले बताए। हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डस लगायत हाम्रो पार्टीको सभासदहरू आज दिउँसो जिल्ला अस्पताल पूगे अनि त्यहाँ विभागीय अधिकारी डाक्टर शुभाशिष चन्दासँग भेटवार्ता गरे। भेटवार्तापछि दार्जीलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले जिल्ला अस्पतालमा सिआ मिशन नभएको कारणले गर्दा हडडी भाँचिएको विमारीहरू हजारौ रूपियाँ खर्च गरेर नीजि अस्पतालहरूमा उपचार गर्न बाध्य बनिरहेको बताए। जिल्ला अस्पताल सिआ मिशन ल्याउँनु पर्ने हाम्रो मेडिकल टीम लगायत पहाडबासीहरूले मांग गर्दै आइरहेको छ। गत केही दिन अघि मात्र तीन चारवटा नीजि अस्पतालहरूमा सिआ मिशन आएको हामीले सून्यौ। एउटा सिआ मिशनको मूल्य लगभग साँढे पाँच लाख रूपियाँ जति पर्दो रहेछ भन्ने हामीले सुन्नमा पायौ, सिआ मिशन नभएको कारणले गर्दा हाम्रो विमारीहरूले नीजि अस्पतालहरूमा ६० हजार रूपियाँ भन्दा धेर खर्च गरेर उपचार गर्न बाध्य बन्दै आएको छ’ एडवार्डसले भने। तिनले अधि भने ‘आज हामीले जिल्ला अस्पतालको अधिकारी डाक्टर शुभाशिष चन्दासँग भेट गरयौ अनि तिनले हामीलाई १५ दिन अथवा तीन सप्ताहभित्र जिल्ला अस्पतालमा सिआ मिशन आई पुग्ने बताएका छन्’, यो राम्रो खबर रहेको सभासद एडवार्डसले बताए। तिनले अघि भने तर सिआ मिशन ‘आउँछ हरे’ अनि ‘आउँदैछ हरे’ भन्ने कुराहरू हामीले धेरै अघिदेखि सुन्दै आएका छौ। ‘जीटीएले सिआ मिशन ल्याउन सक्दैन भने अरूण भाइ तिमी र म भएर ल्याउ’ भन्दै अजय एडवार्डसले सुझाव राख्यो। अरूण सिंग्जी जीटीएको स्वास्थ्या विभागीय सभासद हुन्। हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले अघि भने ‘अस्पताल भनेको मन्दिर हो। हामीले अस्पतालमा भएको अपुरोहरूलाई पूर्ण गर्न सक्यौ भने त्यो भन्दा ठूलो र राम्रो तीर्थ शायद अरू कताई छैन।’

About Author

Advertisement