सिलगढी: सिलगढी कोर्ट मोड क्षेत्रमा रहेको मुख्य हुलाक कार्यालयको अगाडि बंगाली विद्यार्थी समाज र बंगाली युवा समाजले ४ बुँदे माग राखेर धर्ना दिएका छन्। मुख्य हुलाक कार्यालय अगाडिको धर्नामा सहभागी संस्थाका सदस्यले बंगला मोर देश बंगला भलोबासी गीत गाएर बङ्गाल विभाजनको विरोध गरेका थिए। यो आन्दोलन ४ बुँदे मागमा आधारित छ। बङ्गाललाई विभाजनबाट बचाउनुपर्छ र बङ्गालको विभाजनको षड्यन्त्रलाई कुनै हालतमा सहने छैन।










