ट्रकको ठक्करले रेलवे गेट भाँचिएपछि रेल सेवा अवरुद्ध

IMG-20230110-WA0174.jpg

सिलगढी: ट्रकको ठक्करबाट रेलवे गेट भाँचिए छ। घटना सिलगढीको पूर्वी बाइपास गोरामोड क्षेत्रको हो। रेलवे स्रोतका अनुसार मंगलबार बिहान पञ्जाबको बडी ट्रक तीव्र गतिमा आएर रेलवे गेटमा ठोक्किएर गेट भाँच्नुका साथै रेल लाइनहरूमाथिबाट गुज्रिरहेको विद्युतीय तारमा पनि क्षति पुगेको छ। जसका कारण लामो समयसम्म उक्त रुटमा रेल आवागमन अवरुद्ध भएको थियो। पछि, नयाँ जलपाइगढीबाट रेल कर्मचारीहरू आए र द्रुत रूपमा रेलवे गेट र बिजुलीको तारहरू मर्मत गर्न थाले। अर्कोतर्फ रेलको सुरक्षालाई ध्यानमा राखेर ट्रक चालकलाई कानुनी कारबाही भइरहेको रेल स्रोतले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement