दार्जीलिङ: प्रजातन्त्रको हत्या गर्नेहरूलाई पहाडको जनताले कदापी माफ गर्ने छैन यो मनतब्य जगदीश शर्माले गरेको हो। गोर्खा स्वाभिमान संघर्षले गत केही दिन अधिदेखि यहाँको क्यापिटल हलको प्रागंनमा गत केही दिन अधिदेखि गोर्खा हितको पक्षमा कार्यक्रमहरूको आयोजना गर्दै आई रहेको छ। यसैक्रममा कालेबुङको ३९ समष्टिको जगदीश शर्माले आफ्नो सम्भाषणको क्रममा प्रजातन्त्रको हत्या गर्नेहरूलाई पहाडको जनताले माफ गर्ने छैन भन्ने बताए। तिनले अधि भने रूपियाँ पैसाको प्रलोभनमा सभासद र नगरपार्षदहरूलाई किन्दैमा तिमीले अब हाम्रो पार्टी सकियो भनेर सोच्ने भूल नगर्नु। हाम्रो पार्टी भनेको बनमारा हो, चटटानमा पनि फूल्न सक्छ। एक दिन हाम्रो पार्टी पहाडको कुना काप्चाहरूमा पनि फूल्नेछ अनि त्यो दिन टाडो छैन शर्माले भने। तिनले अधि भने दुई चार जना विकुवाहरू विक्री भए तर तपाई हामीले सोच्न पर्छ विक्री चहि खसी, बाख्रा हुन्छ सचेत मानिसहरू कदापी विक्री हुदैन शर्माले भने। आफ्नो सम्भाषणको क्रममा जगदीश शर्माले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसलाई शहर बजारमा मात्र होइन अब पहाडको कुना काप्चाहरूमा संगठन विस्तारको कार्यहरू गर्ने सुझाव पनि दिए।










