सेरि एः नापोली शीर्ष स्थानमा कायम, एसी मिलानको ड्र

IMG-20230110-WA0136.jpg

इटालियन सेरि ए फूटबलमा जीतको लय हासिल गर्दै नापोली शीर्ष स्थानमा कायम रह्यो। यसको साथमा अटलाण्टाले आफ्नो म्याच जित्यो जबकि एसी मिलान चाहिँ ड्र-मा रोकियो। यसअघिको म्याचमा इण्टर मिलान विरुद्ध हारको आघातबाट मुक्त हुँदा नापोलीले सोमवार राति खेलिएको म्याचमा दशजना खेलाड़ीमा सीमित साम्पडोरिया विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। म्याचमा ६७ प्रतिशत पोजेशनको साथ खेल्ने नापोलीलाई भिक्टर ओसिमहेनले १९औं मिनटमा बढ़त दिलाए। त्यसपछि टोमस रिनकोनले ३८औं मिनटमा रातो कार्ड देख्दा साम्पडोरियाको टीम दशजना खेलाड़ीमा सीमित भयो। अन्तमा एलिफ एल्मासले ८२औं मिनटमा पेनल्टीबाट गोल गरी नापोलीलाई २-०-ले जीत दिलाए। नापोली अहिले १७ वटा म्याचमा ४४ पोइण्टको साथ सेरि ए टेबलको शीर्ष स्थानमा रहेको छ। यसरी नै २० वटा टीमबीच फेदबाट दोस्रो स्थानमा रहने साम्पडोरियासँग ९ पोइण्ट रहेको छ।

यसबीच एसी मिलान र अटलाण्टाबीच खेलिएको हाई भोल्टेज म्याच २-२-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्डमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने एसी मिलान लगभग अन्तसम्म पनि २ गोलले अघि रहेको थियो तर रोमाले पनि ६ मिनटभित्र २ गोल गरी म्याच ड्र गऱ्यो। एसी मिलानबाट पिएर कालुलुले ३०औं अनि टोम्मासो पोग्बाले ७७औं मिनटमा गोल गरे। रोमाबाट रोजर इबानेजले ८७औं अनि टेमी अब्राहमले स्टपेज टाइमको तेस्रो मिनटमा गोल गरे। यस ड्र पछि एसी मिलान गोल अन्तरको आधारमा १७ वटा म्याचमा ३७ पोइण्टको साथ तेस्रो स्थानमा कायम रह्यो। यसरी नै सातौं स्थानमा रहने रोमासँग ३१ पोइण्ट रहेको छ। यसरी नै अटलाण्टाले बोलोग्ना विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। यस जीतपछि अटलाणअटा ३१ पोइण्टको साथ छैटौं स्थानमा पुग्यो। बोलोग्ना १९ पोइण्ट लिएर १२औं स्थानमा रहेको छ। भेरोनाले पनि क्रेमोनिस विरुद्ध २-०-ले जीत दर्ता गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement