नीजि स्वर्थको निम्ति जनताको भोट निलामी गर्दैछ: पूष्पा दुराल

IMG_20230110_125828.jpg

दार्जीलिङ: आफ्नो नीजि स्वर्थको निम्ति पहाडको नेताहरूले जनताको भोट निलामी गर्ने काम गर्दैछ यो मनतब्य पूष्पा दुरालले पोखेको हो। दार्जीलिङ शहरको क्यापिटल हलमा गत केही दिन अधिदेखि गोर्खा स्वाभिमान संघर्षले गोर्खा हितको पक्षमा कार्यक्रमहरूको आयोजना गर्दै आई रहेको छ। यसैक्रममा हाम्रो पार्टीको कालेबुङ नारी समुहको कार्यकर्ता पूष्पा दुरालले आज हामी गोर्खा स्वाभिमान,आफ्नो हक र अधिकारको निम्ति एकबद्व भएका हौ भने। तिनले अधि भने पहाडको जनतामाथि अन्याय भएको छ, भोटको महत्व थाहाँ भएर पनि बजारमा भोट निलाम गर्ने काम भएको छ। जनताको बहुमूल्य भोटलाई तासको पत्ता बनाउँने काम गरेको छ, पहाडको सिधा सोझा जनतालाई राजनीति जुवामा राखेर राजनीति गर्ने खेल्न काम गर्दैछ दुरालले भने। पहाडको नेताहरू घरी घरी कोलकता धाएर खरिदारहरूलाई भेटन जान्ने गर्छन, कोलकतामा भोट किन्नेहरू बसेको छ, यहाँको एक दुई जना स्वार्थी हरूले आफ्नो स्वर्थ पूर्तिको निम्ति यस्ता कामहरू गर्दैछ दुरालले भने। यस्तै स्वार्थी नेताहरूले दार्जीलिङ नगरपालिकालाई भत्काउँने काम गरेको हो दुरालले भने। हाम्रो पार्टीको दार्जीलिङ नगरपालिकाको बोर्डले दार्जीलिङ नगरपालिकालाई राम्रो बनाउँने कामहरू गर्दै आई रहेको थियो। यहाँको सफाईको कार्यदेखि लिएर हरेक क्षेत्रमा धेरै राम्रो राम्रो कामहरू गर्दै थिए तर बंगालको इशारामा दार्जीलिङ नगरपालिकालाई लथालिङ बनाउँने काम गरेको छ। स्वार्थी ती नेताहरूले दार्जीलिङ नगरपालिकालाई मात्र होइन तर दार्जीलिङ लाई पूर्ण रूपमा लथालिङ भताबुङ बनाउँने काम गरेको छ, दुरालले बताए। दार्जीलिङलाई पहाडकी रानी भन्ने गर्छन तर अहिले दार्जीलिङ मैला फाल्ने ठाउँ जस्तो अवस्थातिर लम्किन्दैछ दुरालले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement