कोलकाता: राज्य कांग्रेस अध्यक्ष अधीर रञ्जन चौधरी मंगलबार बहरामपुरमा भारत जोडो यात्रामा सामेल भए। देशको एक छेउदेखि अर्को छेउसम्म, समुद्रदेखि हिमालसम्म कांग्रेसको भारत जोडो पदयात्रा चलिरहेको छ। कार्यक्रमको १४औँ दिन मंगलबार कांग्रेस सांसद तथा लोकसभा नेता अधीर चौधरीले बहरामपुरको न्यालीशपाडा हल्ट स्टेसनबाट पदयात्रा सुरु गरेका छन्। याे पदयात्रा नौदापाडा गेस्ट हाउस, न्यालीशपाडा हल स्टेसन, खोसबाग बन्दे मातरम स्क्वायर हुँदै रजनीबाग र अजिमगञ्ज शहरमा समापन भयाे। पदयात्रामा सांसद अधीर चौधरीसहित ठूलो संख्यामा कांग्रेस कार्यकर्ता सहभागी भएका थिए।









