दार्जीलिङ: ‘अब पनि हामी एक हुन सकेनौ भने हाम्रो अस्तित्व खतरामा पर्नेछ’, गोर्खा स्वाभिमान संघर्षको कार्यक्रम हाम्रो पार्टीका प्रवक्ता श्याम गौतमले यसो भनेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा श्याम गौतमले गोर्खाहरूलाई सरकारले छिन्न भिन्न बनाउने कार्यहरू गरेको आरोप लगाएl उनले भने, ‘भारतीय जनता पार्टीले दार्जीलिङको पूरानो समस्याहरूलाई राजनैतिक समाधान गर्ने वाचाहरू गरेको थियोl तर केन्द्रको भाजपा सरकारले स्थायी राजनैतिक समाधान के हो भन्ने आजसम्म खुलासा गरेको छैनl स्थायी राजनैतिक समाधानको नाममा केन्द्रको भाजपा सरकारले राजनीति सेटलमेन्ट गर्न खोजेको त होइन! हामीलाई शंका लाग्छl गोर्खाहरूलाई भोट बैंकको रूपमा हेर्ने कार्यहरू नहोस्, अब २०२४ मा लोकसभाको चुनाव हुँदैछ, फेरि गोर्खाहरूलाई भोटको राजनीतिमा डुबाएर बोरामा हाल्ने काम गर्नसक्छ जनता होसियार!’ उनले अझ भने, ‘लोकसभा चुनावपछि तुरून्तै २०२६ मा बङ्गाल विधानसभाको चुनाव हुँदैछ। राज्य सरकारले गोर्खाहरूको एकतालाई अनेकतामा परिणत गर्न गोर्खा समुदायलाई जात जातमा टुक्र्याउने काम गरेको छ। त्यही विभाजनलाई लिएर राज्य सत्ताको चौकीमा बस्नेहरूले राजनीति रोटी सेक्ने काम गर्दैछl अब पनि हामी एक हुन सकेनौं भने हामी गोर्खाहरूको अस्तित्व खतरामा पर्नेछl’