दङगिया सिङगीटारमा बाटो खन्ने कार्य शुरु भएपछि गाउँहरूद्वारा अजय एडवार्डसप्रति आभार

00-IMG-20230110-WA0110

दार्जीलिङ:  दङगिया सिङगीटारमा बाटोको खनन कार्य शुरू भएपछि स्थानीय गाउँलेहरूले अजय एडवार्डसप्रति आभार प्रकट गरेका छन्। रेलिङ कैजले समष्टिअन्तर्गत ३०, ४१ बुथ दङगिया सिङगीटारको बासिन्दाहरूले बाटो नभएको हुँदा धेरै समस्याहरूको सामना गरिरहेको स्थानीयहरूको  भनाइ छl गाउँलेहरूले हाम्रो पार्टीको समष्टि कोडिनेटर अनिल सुब्बामार्फत बाटो निर्माणको निम्ति पार्टी  अध्यक्ष अजय एड्वार्ड्स समक्ष निवेदन गरेका थिएl यसपछि अजय एडवार्डसले गाउँमा बाटोको खानन् कार्यको निम्ति जेसीबी पठाइदिएका छन। पूजा अर्चनापछि बाटोको खन्ने कार्य शुरु भएको छ। बाटोको खन्ने कार्य शुरु भएपछि स्थानीय मानिसहरू खुशी प्रकट गर्दै अध्यक्ष अजय एडवार्डस अनि उनको टीमप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement