फूटबलबाट सन्न्यासको घोषणा गरे ग्यारेथ बेलले

IMG-20230110-WA0106.jpg

ग्यारेथ बेलले वेल्सको तर्फबाट अन्तर्राष्ट्रिय फूटबलमा रेकर्ड ४१ गोल गरेपछि ३३ सालको उमेरमा फूटबलबाट सन्न्यास लिएका छन्। बेलको अन्तिम अन्तर्राष्ट्रिय म्याच २९ नोभेम्बरमा थियो। कतरमा सम्पन्न फीफा विश्व कपको त्यस म्याचमा वेल्सले छिमेकी देश ईंग्ल्याण्ड विरुद्ध हारको सामना गर्नु परेको थियो। त्यो बेलको १११औं अन्तर्राष्ट्रिय म्याच थियो। सन्न्यासको घोषणा गर्दै बेलले भने, अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिने फसेला मेरो करियरको सबैभन्दा कठिन फसेलाहरूमा एउटा रह्यो। अन्तर्राष्ट्रिय मञ्चमा मेरो यात्राले मेरो जीवन मात्र नबद्लिएर म को हूँ भन्ने पनि तय गऱ्यो। म यस अविश्वसनीय देशको इतिहासमा एउटा भूमिका निर्वाह गर्न सक्षम बनेर सम्मानित र विनम्र अनुभव गरिरहेको छु। यस अवधि मेरो यात्रामा मलाई साथ र समर्थन गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु। उनीहरू सबैको माया र समर्थन बिना यहाँसम्म पुग्नु सम्भव थिएन। बेलले क्लब फूटबलबाट पनि सन्न्यास लिने अठोट गरेका छन्। उनले ईंग्लिश प्रीमियर लीगमा ५३ र स्पेनिश ला लीगामा ७१ गोल गरेका छन्। साल १९८९-को १६ जूनमा जन्मिएका बेलले फूर्तिलो विंगरको भूमिकामा विश्व फूटबलमा राज गरे। उनले आफ्नो करियरमा साउथम्प्टन, टोटनह्याम हट्स्पर, रियल म्याड्रिड र लस एञ्जेल्स एफसी जस्ता शीर्ष क्लबहरूको प्रतिनिधित्व गरे। उनले गत सीजनमा लस एञ्जेल्स एफसी-को साथ मेजर लीग सकरको खिताब जितेका थिए। बेलले आफ्नो करियरमा पाँचपल्ट च्याम्पियन्स लीग, तीनपल्ट स्पेनिश लीग, एकपल्ट कोपा डेल रे र एकपल्ट लीग कपको खिताब जिते।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *