टिंगलिंगमा च्याम्पियन्स कपः फेथ फाइटर्स फाइनलमा

IMG_20230109_233630.jpg

नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा फेथ फाइटर्स फुवागढ़ीले फाइनलमा स्थान बनायो। स्थानीय गढ़ी खेल मैदानमा आइतवार भएको दोस्रो सेमिफाइनल म्याचमा फेथ फाइटर्सले धुसेनी एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट जीतले १५औं र बिक्कीले ५५औं मिनटमा गोल गरे। यसरी नै धुसेनी एफसी-बाट पुजनले ३१औं मिनटमा गोल गरे। विजेता टीमका बिरेन प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। अब २२ जनवरीको दिन खेलिने सीनियर वर्गको फाइनलमा फेथ फाइटर्स र कञ्चनजंघा एफसी (केएफसी)-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्। यसको साथमा भेटरन्स टुर्नामेण्टको दोस्रो सेमिफाइनलमा एक्स आर्मी मिरिकले मर्माह युनाइटेडलाई ७-३-ले पराजित गऱ्यो। भेटरन्सको फाइनलमा एक्स आर्मी मिरिक र दिलाराम युनाइटेडबीच भिड़न्त हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *